धनी राम कोरी
९ पुष,कपिलवस्तु । जिल्ला को धरोहरका रुपमा चिनिने कपिलवस्तु बहुमुखी क्याम्पस मा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।
क्याम्पस भित्र भोजपुरी , हिन्दु र नेपाली लगायत का गीतहरुमा विद्यार्थीहरुले धेरै मात्र मा टिकटक बनाइरहेका पाइन्छ ।यसकारण क्याम्पसलाई सभ्य र अनुशासन रहित क्याम्पस बनाउन को लागि टिकटक बनाउन रोक लगाइएको हो ।
क्याम्पसमा भित्र ठाउँ ठाउँमा एउटा सुचना टासिंएको छ सुचना मा लेखिएको छ क्याम्पस साता भित्र टिकटोक बनाउन सख्त मनाही छ ।अन्यथा विद्यार्थी अचार संहिता अनुसार मोबाइल जफत गरि कार्यवाही हुनेछ ।









