गौशला नगर प्रमुखले पचाइन क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने सोचले गरे पार्क निर्माको शिलान्यास


 

११ भदौ महोत्तरी। महोत्तरीको गौशला नगरपालिकाको नगर प्रमुख शिवनाथ महतोले वडा न.३ मा पचाइन पोखरी तथा पार्क निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ ।

गौशला नगरपालिकाले धार्मिक आस्था बोकेको पचाइनलाइ सौन्दर्यकरण गर्न लागेको हो । पर्यटकिय क्षेत्र बनाउने सोचले यो योजना ल्याइएको हो । गौशाला नगरपालिकाको पूर्वी क्षेत्रमा अवस्थित पचाइनबाट पुर्व कालदेखि नै किसानहरुको खेत– खेतमा पानी प्रयोग गर्दै आएकाछन् ।

पचाईन क्षेत्र पर्यटकिए क्षेत्र बन्दै गएपछि बैशाख १ गते पिकनिक मनाउन टाढा –टाढाबाट मानिसहरुको भिड भाड लाग्ने गर्दछन । यसलाई अझै व्यवस्थित गरेर विकाश मुखी बनाउने उदेश्यप्रति गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो प्रतिबद्ध रहेका छन् ।

उक्त योजना २०७८÷०५÷०२ मा श्री पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रा. ली. काठमाण्डौले मु .अ.का. बाहेक ५ करोड ८५ लाख ६७ हजार २ सय ७६ रुपैयामा सम्झौता गरेका हो । कम्पनीले सो निर्माण २०७९÷०२÷०२ सम्पन्न गरेर दिनुपर्ने जनाइएको छ । योजनाको बजेट श्री संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ६५% र श्री गौशाला नगरपालिकाको कार्यालयबाट ३५% लगानीमा निर्माण गर्न लागेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको