धनी राम कोरी
५ भदौ,कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ७ सतभरा शुभचिन्तक भेटघाट कार्यक्रममा बोल्दै स्वतन्त्रता राजनीति समूह का संयोजक तथा पुर्व मन्त्री हृदेश त्रिपाठीले राष्ट्रको समस्या समाधान गर्न को लागि अनि मधेसीको समस्या समाधान गर्न को लागि नयाँ पार्टी बनाउनु पर्छ ।
संसद पुन स्थापना हुनु अदालतको आधिन र कार्य क्षेत्रमा छ तर त्यही व्यक्तिलाई नै प्रधानमन्त्री बनाउनु अदालतको कार्य भित्र पर्दैन। संसद का अधिकार माथि अतिक्रमण भएको छ । संसदले मात्र प्रधानमन्त्री बनाउन सक्छन् । विस्तारै विस्तारै संविधान नै खतरा मा गइरहेको छ । राष्ट्र मा राजनीति घटनाले पुष्टि गर्दैछ ।
उक्त कार्यक्रममा बोल्दै पुर्व मन्त्री ईश्वर दयाल मिश्रा ले म मन्त्री हुदा सबैभन्दा धेरै सडक निर्माण गरेको छु । सबै प्रकारको समस्यालाई समाधान गर्ने तर्फ लागेकै छु । पहिले देखि नै सर्वसाधारण सुख दुख लाई बुझ्दै आएको छु । स्थानीय तह मा बजेट धेरै आइरहेको छ तर विकास नहुनु आम जनताको पनि कमजोरी हो ।
स्वतन्त्रता राजनीति समूह स्थानीय तह को निर्वाचन मा भाग नलिनु एउटा प्रमुख गल्ती थियो । कपिलवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउपालिका लाई हेर्ने हो भने धेरै राम्रो काम गरेको छ तर महाराजगन्ज र कृष्णनगर नगरपालिका सबैभन्दा पछि परेको पालिका हो यश को पछाडि पर्नु पालिका प्रमुख राम्रो नहुनु एउटा प्रमुख कारण रहेको छ ।
स्वतन्त्रता राजनीति समुहको शुभचिन्तक भेटघाट कार्यक्रम महाराजगन्ज नगरपालिका वडा नं ७ सतभरा समय माता मन्दिरको धर्मशाला भएको छ ।









