कल्टु दास पोखरीमा डुबेर एक युवकको मृत्यु


सप्तरी। सप्तरीको राजविराज नगरपालिका-३ स्थित कल्टु दास पोखरीमा मंगलबार डुबेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका-४ घर भई हाल राजविराज नगरपालिका-३ शिवमन्दिर टोलमा बस्दै आएका मोहन दासका छोरा अन्दाजी २५ वर्षीय गजेन्द्र दास रहेका छन्।

मंगलबार बिहान माछा मार्ने क्रममा उनी पोखरीमा डुबेका थिए। घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको गोताखोर टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको थियो।

लामो समयसम्म गरिएको खोजीपछि पोखरीबाट गजेन्द्र दासको शव फेला परेको सुरक्षा स्रोतले जनाएको छ।

घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको