रौतहट। रौतहटको राजपुर नगरपालिका-५ मा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उक्त वस्तु माटोको डल्ला मात्र रहेको पाइएको हो।
राजपुर-५ को मुख्य सडकमा कालो ड्रमले छोपेर ‘बम’ लेखिएको जस्तो देखिने वस्तु फेला परेपछि स्थानीयले बिहानै प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीको प्रारम्भिक जाँचपछि उक्त वस्तु विस्फोटक पदार्थ नभई सामान्य माटोको डल्ला भएको पुष्टि भएको हो। घटनापछि सडक क्षेत्रको सुरक्षा अवस्था सामान्य बनाइएको प्रहरीले जनाएको छ।









