काठमाडौंमा फागुन १८ देखि मतदानसम्म रात्रिकालीन व्यवसाय बन्द


काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १८ गतेदेखि मतदानको दिन (२१ गते)सम्म रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ।

कार्यालयद्वारा जारी सूचनाअनुसार राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन। अर्को निर्णय नभएसम्म सबै व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गरी त्यसपछि अनिवार्य रूपमा बन्द गर्न/गराउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिइएको छ।

प्रशासनले प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको