विराटनगर, जेठ २१ । इलामको लारुम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जीप इलामको चुलाचुली गाउँपालिका वडा नं ५ चापेतीको रतुवा खोलाले बगाएको छ ।
जीपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने एक जना सात वर्षका बच्चा र उनको आमा बेपत्ता भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले जानकारी दिए।
घटना केही समयअघिको हो । गाडीको नम्बर भने खुलाइएको छैन ।
इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटना भएको पुष्टि नभएको बताए ।
अपुष्ट जानकारी हामीलाई आएको छ। समाचार अनुसार २ जना बेपत्ता भएका छन् । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।
रतुवा खोला हुँदै सवारी साधन आवतजावत गर्ने गरेका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।










