सिंगापुर एयरलाइन्सको विमानमा आँधीका कारण विमानमा सवार २० जनाको मेरुदण्डमा गम्भीर चोट


बैंकक, जेठ ११ ।  सिंगापुर एयरलाइन्सको विमानमा भयङ्कर आँधीमा पर्दा विमानभित्र रहेका २० यात्रुलाई मेरुदण्डमा चोट लागेको छ । घाइतेहरूको सघन उपचार कक्षमा उपचार भइरहेको बैंककको अस्पतालका प्रमुखले भनेका छन् ।

दुई वर्षीय बालक पनि अस्पतालमा भर्ना छन् । लन्डनबाट उडेको विमानले मंगलबार थाइल्याण्डमा आकस्मिक अवतरण गरेको थियो । एयरलाइन्सले ४६ यात्रु र दुई चालक दलका सदस्यहरूको अझै पनि बैंककमा उपचार भइरहेको जनाएको छ।

आँधीका कारण विमान अचानक तल झर्दा सिट बेल्ट नलगाएका मानिसहरु छतमा ठोक्किएको बताइएको छ । अस्पतालका निर्देशक समितेज श्रीनाकरिनका अनुसार ४१ यात्रु अझै अस्पतालमा छन् । करिब आधालाई सघन उपचार कक्षमा राखिएको छ। मेरुदण्डमा २२ जना घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू३२१ लन्डनबाट सिंगापुर आइरहँदा आकाशमा भयानक आँधीमा फस्यो । यस क्रममा विमानमा सवार ७३ वर्षीय पुरुष व्यक्तिको मृत्यु भयो भने भने दर्जनौं घाइते भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको