राष्ट्रियसभा निर्वाचनः बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले गरेनन् मतदान


काठमाडौं, माघ १० गते ।

राष्ट्रियसभा निर्वाचनको मतदान अवधि सकिएको छ ।

मतदानको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको थियो ।

सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुखरउपप्रमुखहरूले मतदान गरेका छन् ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका जनप्रतिनिधि बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले मतदान गरेनन् ।

काठमाडौं महानगरपालिकाका मेयर बागमतीका मतदाता हुन् । उपमेयर सुनिता डंगोल मतदान गर्न हेटौंडा पुगेपनि मेयर बालेन शाह भने गएनन् ।

बालेनको व्यस्तताका कारण मतदान गर्न नगएको सचिवालयले जनाएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि मतदान गर्न गएनन् । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि व्यस्तताका कारण मतदानमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको