विराटनगर, माघ १० गते ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशीमा प्रदेशसभाका सबै मतदाताले मतदान गरेका छन् । यहाँ प्रदेश सभा सदस्यका लागि ९३ मतदाता छन् ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको मतदानका लागि निर्धारित समयभन्दा ३६६ मतदातामध्ये ३६३ जना मतदाताले मतदान गरेको कोशीका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
स्थानीय तहका तीन जना मतदाताले मतदानमा सहभागी भएनन्।
मोरङको ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी भएनन् ।
शुक्रबार अचानक अस्वस्थ भएपछि गच्छदारको विराटनगरको नोबल अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचार मुद्दामा मुछिएपछि शाह निलम्बनमा छन् । दुवै कांग्रेसबाट निर्वाचित प्रतिनिधि हुन् ।
कोशीमा कांग्रेसका कृष्ण सिटौला र माओवादीका चम्पादेवी कार्की गठबन्धनबाट उम्मेदवार छन् भने यहाँ एमाले र राप्रपा मिलेर बसेका छन् । एमालेले रुक्मिणी कोइरालालाई र राप्रपाले उद्धव पौडेललाई उम्मेदवार बनाएको छ।
अपराह्न ४ बजेदेखि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् ।
मतपरिणाम आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
श्रोत सेतोपाटी











