काठमाडौं, पुस २६ गते ।
अनुयायी हराएको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सिआइबीको कार्यालय पुगेकी छन् । उनले झुटो प्रचार भएको भन्दै बमजनको बचाउ गरिन् ।
बुढानिलकण्ठबाट बम्जनलाई सिआइबीको टोलीले मंगलबार पक्राउ गरेको हो । बमजनलाई भेट्न बोधिश्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सिआइबी कार्यालय पुगेका थिए । यो टोलीमा पूर्वराज्यमन्त्री लामा पनि छन् ।
लामा २०७४ मा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री भए । बम्जनलाई भेट्न उनका अनुयायीहरु सिआइबीको कार्यालयमा पुग्दा भीड लागेको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीलाई प्रहरीले सिआइबी कार्यालय नजिकै रहेको कान्ति सांस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको थियो ।
प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ । उनले सिआइबीले पत्रकार सम्मेलन गरी आफ्नो बारेमा विस्तृत जानकारी दिने बताए ।
श्रोत onlinekhabar











