काठमाडौं, पुस २४ गते ।
संसदको मंगलबार बसेको पूर्वाधार समितिको बैठकमा सांसदहरुले भारतसँगको दीर्घकालीन विद्युत व्यापार सम्झौताको दस्तावेज नआएसम्म बैठक सुरु नगर्ने अडान राखेका छन् ।
ऊर्जामन्त्री शक्ति बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँगको दीर्घकालीन विद्युत व्यापारको दस्तावेज प्राप्त गरेपछि मात्रै बैठक सुरु गर्नुपर्ने बताए ।
यसअघि नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता भएको थियो । सांसदहरुका अनुसार सहमतिको दस्तावेज नआएसम्म बैठक बस्नुको कुनै कारण छैन ।
सांसदहरु साइक राउत, ठाकुर गायरे, प्रतिमा गौतमलगायतले सहमतिको दस्तावेज नआएसम्म अन्य एजेण्डामा नजाने बताएपछि बैठक अघि बढ्न सकेन ।
श्रोत onlinekhabar









