कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने एमालेको निर्णय, राप्रपाका विष्टलाई समर्थन गर्ने


विराटनगर, पुस २४ गते ।

नेकपा एमालेले पनि कोशी प्रदेश सभामुखमा उम्मेदवार नदिने निर्णय गरेको छ ।

केही समयअघि सम्पन्न एमालेको बैठकले सत्तारुढ गठबन्धनको समर्थनमा सभामुखका लागि उम्मेदवारी दिने तयारी गरिरहेका राप्रपाका अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

नेकपा एमालेका सांसद लीलावलाब अधिकारीका अनुसार एमालेले विष्टलाई समर्थन गर्ने निर्णय गरेको छ । एमालेले पनि साथ दिने भएकाले विष्ट सर्वसम्मत सभामुख हुने लगभग पक्का छ । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।

विष्ट सभामुख भएपछि राप्रपाका दुई प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका भुवनकुमार पाठक छन् । कोशीमा आज दिउँसो ३ बजे सभामुखको निर्वाचन हुँदैछ ।

श्रोत नेपाल बहस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको