जर्मनीका फुटबलर बेकनबाउरको निधन


पुस २४ गते ।

७८ वर्षको उमेरमा जर्मन फुटबल लिजेन्ड फ्रान्ज बेकनबाउरको निधन भएको छ । पूर्व जर्मन सेन्टर ब्याक बेकेनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रूपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीका लागि प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए ।

उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप फुटबल जित्ने ३ जनामध्ये एक हुन् । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ को फाइनलमा नेदरल्याण्ड्सलाई हराएर विश्वकप जितेको थियो । उनी प्रशिक्षक हुँदा सन् १९९० मा पश्चिम जर्मनीले अर्जेन्टिनालाई फाइनलमा हराएको थियो ।

मारियो जगालो र डिडियर डेसच्याम्प्स अन्य दुई हुन् जसले खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जितेका छन् । जगालोको शुक्रबार ९२ वर्षको उमेरमा निधन भएको थियो । बेकनबाउर हालै मुटुको समस्याबाट पीडित थिए ।

उनले जर्मन राष्ट्रिय टोलीका लागि १०३ खेल खेले । उनको नेतृत्वमा जर्मनीले सन् २००६ को विश्वकप सफलतापूर्वक आयोजना गरेको थियो ।

श्रोत नेपाल बहस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको