एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेश गए, जसमध्य ७० हजार स्थायी बसोबासका लागि


काठमाडौं, पुस २४ गते ।

अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाखभन्दा बढी नेपालीले देश छाडेका थिए भने तीमध्ये ७० हजारले देश छाडी स्थायी रूपमा विदेशमा बस्न विदेश गएका थिए । अध्यागमन विभागले सन् २०२३ मा विभिन्न प्रयोजनका लागि नेपाल छाडेका नेपालीको तथ्याङ्क सोमबार सार्वजनिक गरेको छ ।

रोजगारी, यात्रा, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, सांस्कृतिक कार्यक्रमलगायतका उद्देश्यले नेपाल छाडेर गएकाको संख्यात्मक विवरण तथ्यांकमा समावेश छ ।

जसमध्ये ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका छन् । जसमध्ये ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार २५१ महिला रहेका छन् । त्यस्तै ९२ हजार ३४९ जनाले अस्थायी बसोबासका लागि नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ महिला छन् ।

रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या ८ लाख ८ हजार ४१५ रहेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ महिला रोजगारीका लागि विदेश गएका छन् । सन् २०२३ मा १ लाख ८ हजार ५ सय ४२ जना अध्ययनका लागि विदेश गएका थिए ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृतिअनुसार विदेश जानेहरुको तथ्याङ्क सार्वजनिक गरिएको हो । उनले अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा बसोबासका लागि जानेको संख्या ठूलो रहेको बताए ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको