काठमाडौं, पुस २३ गते ।
उच्च अदालतका ३९ नवनियुक्त न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत पाटनमा सोमबार आयोजित एक कार्यक्रममा उच्च अदालतका प्रधानन्यायाधीश नृपध्वज निरौलाले उनीहरुलाई सपथ गराएका हुन् ।
कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङलगायतको उपस्थिति थियो । गत १८ गते बसेको न्याय परिषद्को बैठकले ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको थियो ।
जसमध्ये २६ जना जिल्ला न्यायाधीश र ९ जना कानुन व्यवसायी रहेका छन् । बाँकी ४ जना न्यायाधीश कर्मचारीमध्येबाट नियुक्त भएका छन् ।
श्रोत अन्नपूर्ण



















