काठमाडौं, पुस २२ गते ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटमा नेपालमा उत्पादित तथा निकासी हुने वस्तुको परीक्षण र प्रमाणीकरणका लागि ‘एग्रिगेट ल्याब’को व्यवस्था गर्न पहल गरिने बताउनुभएको छ ।
नेपाल निर्यात परिषद्को २६औँ वार्षिक साधारणसभा तथा आठौं निकासी दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले व्यवसायीले वर्षौंदेखिको ‘एग्रीगेट ल्याब’को मागलाई सरकारले बेवास्ता गरेको बताए ।
ढकालले अहिले निर्यातका लागि उपयुक्त समय भएको बताए । व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
श्रोत १२ खरी











