खलङ्गा (दार्चुला), पुस १२
दार्चुलामा आगलागीमा परी चार महिने शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति आगलागी हुँदा एक शिशुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार घरमा आगलागी हुँदा रणवीर टमटाका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।
टमटाको घरमा विद्युत् चुहावट भएर आगलागी भएको हो । आगलागीबाट उहाँको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।
श्रोत रासस











