जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु


काठमाडौँ, पुस १० गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा बैठक सुरु भएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गर्न बैठक सुरु भएको छ ।

आजको बैठकमा पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र माघ २७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकको तयारी, पार्टीका केन्द्रीय कमिटी सदस्यहरुको जिम्मेवारी बाँडफाँट र केन्द्रीय प्रचार तथा प्रकाशन गरिएको छ, भन्ने कुरा विभाग प्रमुख बस्नेतले बताउनुभयो । आफ्ना सदस्यहरुलाई जसपाले जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य तथा संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश कमिटीको इन्चार्जमा कार्यदल बनाएको छ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको