महोत्तरी— मधेस प्रदेशका गृहमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ ख बाट उम्मेदवार रहेका छन् । पाँच दलिय सत्ता गठबन्धनको साँझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रबाट प्रदेशसभाको उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।
२०७४ सालमा झिनो मतान्तरले जितेका साहलाई यसपटक चुनाव जित्न हम्मेहम्मे परेको छ । प्रदेश गृहमन्त्री रहेका साहको पाँचवर्षे कार्यकाल त्यस क्षेत्रका जनताले नराम्रो मूल्याङ्कन गरिरहेका छन् ।

पदमा पुगेपछि जनतालाई उपेक्षा गरेको भन्दै उनीप्रति मतदाताहरुको आक्रोश छ । उनलाई यसपाली स्वतन्त्र उम्मेदवारहरुले चुनौती दिईरहेका छन् । स्वतन्त्र उम्मेदवारहरु धेरै भएपनि प्रमोद कुमार महतोको पक्षमा जनलहर देखिएको छ ।
प्रमोद लालटेन छाप लिएर चुनावी मैदानमा छन् । उनको व्यक्तिगत प्रभाव, सहयोगी भावना र स्वच्छ छविले मतदाताहरु प्रभावित छन् । उनी लामो समयदेखि जनताको बीचमा रहेर सामाजिक कामहरुमा सक्रिय उपस्थिती रहदै आएको छ ।
कोरोनाकालमा भएको लकडाउनबाट प्रभावित सयौं गरिब, विपन्न, असहाय परिवारहरुलाई नीजि खर्चबाट चामल, दाललगायतको राहत सामाग्री सहयोग गरेका थिए । उनी बेसहाराका लागि जस्तोसुकै परिस्थितीमा सहयोगका लागि कहिल्यै पछि नहट्ने उनको ठुलो खुबी छ ।
नयाँ जोश र परिवर्तनका लागि लोभलाग्दा एजेण्डा बोकेका प्रमोदप्रति जनताको ठुलो आशा र भरोसा रहेको स्थानीय बताउँछन् । आफूलाई यहाँका जनताले बालेनको रुपमा देख्न चाहेको प्रमोद बताउँछन् ।
भ्रष्ट्राचार प्रवृतिको अन्त्य, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सिचाईजस्त क्षेत्रमा मास्टर प्लान बमोजिमको विकासको काम गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको महतोले उल्लेख गरे ।
देशको अर्थतन्त्र सिमित व्यापारी र भ्रष्ट नेताहरुको चंगुलमा जकडिएकोले आफूजस्ता स्वतन्त्रलाई मतदान गर्नु अहिलेको आवश्यकता रहेको उनले दावी गरे । उनले स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा, रोजगारी र जनतामा सुशासनको पूर्ण रुपमा अनुभुती दिने संकल्प बोकेर चुनावी मैदानमा उभिएको बताए ।
दलका उम्मेदवारहरुले विकासका कार्यहरु केवल निर्वाचनका एजेण्डाकै रुपमा राखेर सधै चुनाव जित्ने दाउपेचमै सिमित राखेको उनको दावी छ ।
उनले देश जालझेल, राजनैतिक वितण्डा, भ्रष्टाचार, बलात्कार, कालाबजारी, बेरोजगारी र कमिशन जस्ता जघन्य अपराधिक गतिविधिबाट आक्रान्त बेनको औल्याए ।
‘जनता बेरोजगारी, महंगी र असुरक्षाबाट जीवन यापन गर्न बाध्य छन् । देशको अर्थतन्त्र सिमित व्यापारी र भ्रष्ट नेताहरुको चंगुलमा जकडिएको छ । यो बिकराल स्थितिबाट देश र जनतालाई उन्मुक्ती दिनका लागि देशै भरीबाट पढेलेखेका, योग्य, सक्षम र स्वतन्त्र युवा नेतृत्वले आफ्नो उपस्थिति देखाउनु आफैमा आशातित क्षण हो,’ महतोले भने ।
‘मेरो उम्मेदवारीलाई मतदाताहरुले प्रशंसा गरिरहेका छन् । एक किसिमको छुट्टै उत्साह देखिएको छ । मतदाताको उत्साह र स्नेह प्राप्त भईरहेको छ । मेरो जित जनताले सुनिश्चित गरिदिएका छन्,’ महतोले भने ।











