उम्मेदवार लक्ष्मी महतोले खुलेयाम धम्की दिदै मतदाताहरुलाई


बर्दिवास ।निर्वाचन आयोगले महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मी महतोलाई स्पष्टीकरण सोधेको छ । महोत्तरी गौशाला स्थित रेडियो जुनतारामा मैथिली भाषामा दिएको अन्तर्वार्तामा ‘अहिले चुनावका कारण धेरै दम राखेको छु । चुनावपछि देखाईदिन्छु । हारेपनि के हुन्छ, म सबैलाई तह लगाईदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् । कुरा बुझ्नुभो नि १ तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई पिटदिन भने के खुट्टा ढोगौं । खुट्टा ढोगेर काम लाग्छ । जानुस दिनु हुन्न मलाई नदिनुस तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा भन्दा म आफैँ गएर एकआध थप्पड पिँटे । मैले चुनावका कारण धेरै धैर्यता राखेको छु । चुनाव पछि देखाईदिन्छु । हारे पनि के हुन्छ र सबैलाई तह लगाईदिन्छु । कुनैपनि कार्यक्षेत्रको व्यक्तिलाई छोड्दिन । तपाईं भोट दिनुहुन्न के हुन्छ रु यहाँको स्थानीय सरकार मेरै हो । यसको रिजल्ट पाँच वर्ष सम्ममा आउँछ नि १ ‘‘।’ भन्ने समेत व्यहोरा बोलेकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड ९न० मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा ९१० को खण्ड ९फ० मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को उपदफा ९१० को ९थ० मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था छ । निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सम्पूर्ण जानकारी रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत माक्र्सवादी लेनिनवादी० को नेता तथा महोत्तरी क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएको तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनु भएको देखिन्छ स्पष्टीकरण पत्रमा भनिएको छ । पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, महोत्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

महोत्तरी जिल्लाको क्षेत्र नं। १ मा उम्मेदवार रहेको व्यक्तिले सार्वजनिक आमसञ्चार माध्यम वा कुनै पनि माध्यमबाट यसप्रकारको गैरजिम्मेवार र हिंसाउन्मुख अभिव्यक्ति दिन सुहाऊँछ रु निर्वाचनमा मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिईएको धम्कीपूर्ण तथा हिंसाउद्यत अभिव्यक्ति तपाईंले नै दिएको होईन भन्ने आधार र कारण के छ रु तपाईंले आमसञ्चार माध्यमबाट दिनु भएको धम्कीपूर्ण र भड्काउपूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड ९न० र ऐ। को दफा १३ को उपदफा ९ज्ञ० को खण्ड ९थ० र ९फ० को उल्लंघन हुने देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारबाही किन हुनु नपर्ने हो रु स्पष्टीकरणमा सोधिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको