महोत्तरी – बर्दिबास नगरपालिकाले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ ।
डेङ्गुको सङ्क्रमण हरेक दिन बढ्दै गएपछि नगरपालिकाले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी सुरु गरेको हो ।
आज बर्दिबास नगरपालिकाको मेयर प्रहलाद कुमार क्षेत्रीको निर्देशन अनुसार बर्दिबास नगरपालिकाका १४ ओटै वडा हरुमा डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान संचालक गरेका छ्न ।

स्वास्थ्यकर्मीहरूका लागि डेङ्गु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका बारेमा जानकारी गराउदै हरेक वडामा ३० हजार रुपैया र डेङगु को औसधि बितरण गरेका नगर प्रमख प्रहलाद कुमार क्षेत्रीले जानकारी गराए ।

नगरका कुनै पनि वडामा डेङ्गुको लक्षण देखा पर्न बितिकै तुरुन्तै स्वास्थ चौकीमा र आफू बसेका अस्पतालमा जान आग्रह समेत गरे ।









