रौतहट-४ मा चुनावी चहलपहल तीव्र : चन्द्रपुरमा मतदातामा नयाँ उत्साह


रौतहट। रौतहट निर्वाचन क्षेत्र नम्बर-४ अन्तर्गत चन्द्रपुर नगरपालिकामा चुनावी माहौल दिनप्रतिदिन तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा टोल-टोल, गाउँ/बस्ती र बजार क्षेत्रमा देखिएको जनसहभागिताले मतदातामा नयाँ आशा र उत्साह थपिएको छ।

यस क्षेत्रका उम्मेदवार गणेश पौडेल मतदाता भेटघाट तथा साना–ठूला अन्तर्क्रियामा सक्रिय देखिएका छन्। ती कार्यक्रममा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको छ। विशेषगरी युवा, महिला तथा परिवर्तनको अपेक्षा राख्ने मतदाताहरू खुलेर आफ्ना धारणा राख्न थालेका छन्। उनीहरू विगतका अभ्यासभन्दा फरक, पारदर्शी र जवाफदेही राजनीतिक अभ्यासको खोजीमा रहेको बताइन्छ।

स्थानीय युवा रामानन्द साहका अनुसार यसपटकको चुनाव केवल उम्मेदवार छनोटको विषय मात्र नभई क्षेत्रको भविष्यसँग जोडिएको विषय हो। “मतदाता अब नारा र भावनाभन्दा नीति, दृष्टिकोण र आचरणलाई प्राथमिकतामा राखेर निर्णय गर्न चाहन्छन्,” उनले भने।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्द्रपुर नगर सचिव मकुन्द पौडेलले चुनावी गतिविधिहरू शान्त, सभ्य र अनुशासित रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार गालीगलौज र भ्रम फैलाउने प्रवृत्तिभन्दा संवाद, सुझाव र सकारात्मक प्रतिस्पर्धाले चुनावी वातावरणलाई स्वस्थ बनाइरहेको छ।

चन्द्रपुरमा देखिएको बढ्दो चुनावी चहलपहलले रौतहट-४ को समग्र प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। मतदातामा देखिएको उत्साह र राजनीतिक चेतनाले यस क्षेत्रको राजनीतिक दिशा परिवर्तनतर्फ उन्मुख रहेको स्थानीय तहमा चर्चा हुन थालेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको