१ फागुन, महोत्तरी। बर्दिबास नगरपालिका क्षेत्रस्थित बनरझुल्ला माध्यमिक विद्यालयमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा आवेदन फारमका नाममा प्रत्येक विद्यार्थीबाट ५ सय रुपैयाँ असुली गरिएको विषयले विवाद सिर्जना गरेको छ। यस विषयमा विद्यालय व्यवस्थापन समिति (विवस) भित्रै मतभेद देखिएको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य अमृत कुमार महतोले निःशुल्क भनिएको आवेदन फारमका लागि विद्यार्थीबाट रकम लिइएको आरोप लगाएका छन्। उनका अनुसार, “आधारभूत तह उत्तीर्ण परीक्षा आवेदन फारम निःशुल्क भनिएको थियो, तर प्रत्येक विद्यार्थीबाट ५ सय रुपैयाँ असुली गरिएको छ, जुन सरासर गलत हो।”
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार महतो भने आरोप अस्वीकार गर्दै विद्यालयले अतिरिक्त कोचिङ कक्षा सञ्चालन गरिरहेको र सोही प्रयोजनका लागि रकम लिइएको बताएका छन्। उनका अनुसार, “विद्यालयले नियमित पढाइसँगै कोचिङ कक्षा पनि सञ्चालन गरिरहेको छ, त्यसैले विद्यार्थीबाट केही रकम लिइएको हो। यो परीक्षा फारम शुल्क नभई कोचिङ व्यवस्थापनका लागि हो।”
स्थानीय अभिभावकहरू भने यस विषयमा स्पष्टता र पारदर्शिता मागिरहेका छन्। उनीहरूका अनुसार यदि रकम कोचिङका लागि हो भने त्यसबारे औपचारिक सूचना र निर्णय सार्वजनिक हुनुपर्ने थियो।
यस विषयमा सरोकारवाला निकायले तथ्यसत्य छानबिन गरी आवश्यक निर्णय लिनुपर्ने माग समेत उठ्न थालेको










