मधेश ‘रोड शो’पछि रास्वपा नेता बालेन शाह काठमाडौं फर्किए


सिमरा। बालेन साह बुधबार साँझ सिमरा विमानस्थलबाट काठमाडौं फर्किएका छन्। मधेश प्रदेशमा चुनाव लक्षित ‘रोड शो’ गर्दै हिँडेका शाह साँझ ५ बजेको विमानमार्फत काठमाडौं प्रस्थान गरेका हुन्।

सप्तरीबाट सडक मार्ग हुँदै मंगलबार मधेश प्रवेश गरेका शाह बाराको निजगढ, कलैया हुँदै वीरगन्ज पुगेका थिए। वीरगन्जमा केही समय बिताएपछि उनी गण्डक, परवानीपुर र जीतपुर हुँदै सिमरा पुगेका हुन्। सिमरा विमानस्थलमा उनलाई हेर्न समर्थकहरूको उपस्थिति समेत रहेको थियो।

सिमरा पुग्नुअघि Rastriya Swatantra Party (रास्वपा) का स्थानीय नेताहरूले शाह जीतपुर हुँदै ठोरी जाने कार्यक्रम रहेको बताएका थिए। तर जीतपुरपछि उनको यात्राबारे स्थानीय नेताहरू अनविज्ञ रहेका थिए।

जीतपुरमा गाडीबाटै समर्थकलाई अभिवादन गर्दै शाह सिमरा विमानस्थल पुगेका थिए। उनीसँग उनका सहयोगी कुमार बेनलगायत रहेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको