जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिको शव फेला


२८ माघ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका-१७ तेतरियास्थित सडक छेउमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिको शव फेला परेको छ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार घाँटीमा सल कसेको अवस्थामा शव फेला परेको हो। घटनास्थल र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ।

घटनास्थल वरपर चप्पल र झोला समेत फेला परेको छ। प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको