विद्युत पोलमा करेन्ट लागेर घाइते रञ्जित यादवको मृत्यु, क्षतिपूर्तिको माग गर्दै ठेकेदारको घरअगाडि धर्ना


२७ माघ, गौशाला। महोत्तरीको गौशाला नगरपालिका-१२ मा विद्युत पोलमा काम गर्ने क्रममा गम्भीर घाइते भएका रञ्जित यादवको उपचारका क्रममा मृत्यु भएको छ। माघ २२ गते काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका यादवको उपचारकै क्रममा हिजो निधन भएको हो।

मृतकका परिवारजनले ठेकेदार राम एकवाल राय यादवको गौशालास्थित निवासअगाडि शव राखी क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन्। उनीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने माग गरेका छन्।

परिवारका अनुसार रञ्जित यादव ठेकेदार राम एकवाल राय यादवको अधीनमा रही विद्युत पोलमा काम गर्दै आएका थिए। कामका क्रममा भएको दुर्घटनाको सम्पूर्ण जिम्मेवारी ठेकेदार तथा सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ।

धर्नामा सहभागीहरूले नेपाल विद्युत प्राधिकरण गौशाला शाखासहित सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन्। माग पूरा नभए भोलिदेखि कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्।

यसैबीच मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले पीडित परिवारलाई उचित न्याय दिलाउन आफूहरू पहल गर्ने बताएका छन्। हाल घटनास्थलमा पीडित पक्ष नाराबाजी गर्दै आन्दोलनरत छन् भने स्थानीय बासिन्दाहरूले पनि पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको