गगन थापा बर्दिबास आउँदै


२७ माघ, महोत्तरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा २०८२ माघ २७ गते (मंगलबार) दिउँसो ४ बजे महोत्तरी क्षेत्र नम्बर-१ अन्तर्गत बर्दिबास आउने भएका छन्।

थापा बर्दिबासस्थित नेपाली कांग्रेसको चुनाव प्रचार–प्रसार कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सभापति थापाको उपस्थितिलाई यस क्षेत्रको चुनावी अभियानमा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

महोत्तरी क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेसका तर्फबाट डा. मुकेश काफ्ले उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पार्टी सभापतिको प्रत्यक्ष सहभागिताले डा. काफ्लेको उम्मेदवारीलाई थप मजबुत बनाउने र कांग्रेस कार्यकर्ता तथा समर्थकमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। सभापति थापाको सम्बोधनले क्षेत्र नम्बर-१ मा कांग्रेसको चुनावी माहोल थप तातिने अनुमान गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको