सप्तरी। जनमत पार्टीकी राष्ट्रिय सचिव तथा समानुपातिक उम्मेदवार अनिता मण्डल गाउँ-गाउँमा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जेन्जी (Gen-Z) युवा नेतृत्वको आशा र भरोसाको प्रतीकका रूपमा उदाइरहेकी छन्।
घरदैलो तथा जनसम्पर्क अभियानका क्रममा उनले ‘हर्न’ छापमा मतदान गर्न आग्रह गर्दै जनताको दैलोमा पुग्दा स्थानीयवासीले उनलाई आफ्नै छोरी-बहिनी र नयाँ पुस्ताको प्रतिनिधि नेताका रूपमा स्वागत गरेका छन्।
स्थानीय महिला सीता यादव भन्छिन्,
“हामीजस्ता महिलाको पीडा बुझ्ने, गाउँको कुरा गर्ने नेता चाहिएको थियो। अनिता मण्डलले त्यो भरोसा जगाएकी छन्।”
युवा मतदाता रामनारायण यादवको भनाइ पनि उस्तै छ,
“यो चुनाव पुरानो सोचको होइन, नयाँ पुस्ताको हो। अनिता मण्डल जेन्जी युवा नेतृत्वको उदाहरण हुन्।”
भेटघाटका क्रममा मण्डलले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, सुशासन र मधेसको अधिकारलाई प्राथमिकतामा राख्दै अब युवा पुस्ताले नेतृत्व सम्हाल्ने समय आएको बताइन्।
जनताको सकारात्मक प्रतिक्रिया र युवाको बढ्दो सहभागिताले जनमत पार्टीलाई परिवर्तनको बलियो माध्यमका रूपमा स्थापित गरिरहेको देखिन्छ।









