पदमुक्त सांसदहरूले हाजिरीका कागजात माग्दै प्रदेश सचिवालयमा निवेदन


जनकपुरधाम। सभामुखबाट पदमुक्त गरिएका मधेश प्रदेशका सांसदहरूले प्रदेश सभा बैठकमा आफ्नो उपस्थितिको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराउन माग गरेका छन्। यसका लागि उनीहरूले प्रदेश सभा सचिवालयमा लिखित निवेदन दर्ता गराएका हुन्।

सर्लाहीका निलम्बित सांसद सञ्जयकुमार यादव र उर्मिलादेवी सिंहले विगत एक वर्षदेखिका बैठकहरूको सम्पूर्ण हाजिरी तथा सम्बन्धित कागजात उपलब्ध गराउन शुक्रबार निवेदन दिएका हुन्।

बिहीबार सभामुख रामचन्द्र मण्डलले आफूमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई कारबाहीस्वरूप पदमुक्त गरेको घोषणा गरेका थिए। लगातार १० पटक प्रदेश सभा बैठकमा अनुपस्थित भएको आधारमा उनीहरूलाई पदमुक्त गरिएको मण्डलले जनाएका हुन्।

पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिलादेवी सिंह, सञ्जयकुमार यादव, जसपाका सांसद मनिषकुमार सुमन, तथा सप्तरीका सांसद सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार रहेका छन्।

सभामुखको निर्णय सार्वजनिक भएपछि उपसभामुख बबिताकुमारी राउत ईशरले भने उक्त कारबाही बदर (रद्द) भएको सूचना जारी गर्दै सभामुखको कदम प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको दाबी गरेकी थिइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको