जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। लोसपा नेता सोनल असोज २९ गते छ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
यसैक्रममा विश्वासको मतको प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। १०७ सदस्यीय मधेश प्रदेश सभामा हाल सत्तारूढ गठबन्धनमा लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद रहेका छन्।
सरकारलाई कायम राख्न ५४ मत आवश्यक छ। तर, जनमत पार्टीभित्रको विभाजन र माओवादी केन्द्रभित्र देखिएको आन्तरिक मतभेदका कारण मुख्यमन्त्री सोनाले विश्वासको मत प्राप्त गर्ने-नगर्ने विषयअनिश्चित बनेको बताइएको छ।










