डा. जयकान्त राउतद्वारा अर्जी-त्रिकौल-पिप्राही हुलाकी सडकको शिलान्यास


सप्तरी – चन्दन रजक। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउतले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मा पर्ने अर्जी-त्रिकौल-पिप्राही हुलाकी सडकको विधिवत् रूपमा शिलान्यास (भूमिपूजन) गरेका छन्।

मधेश प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र, एक सडक” कार्यक्रमको दोस्रो चरण अन्तर्गत यस सडक निर्माण कार्य सुरु गरिएको हो। प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सकिल अलि मियाको सिफारिसमा निर्माण हुन लागेको यो सडक स्थानीय विकासका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले भने, “यो निर्वाचन क्षेत्रको विकास हाम्रो पार्टीको प्रमुख प्राथमिकता हो। गत निर्वाचनमा जनताबाट पाएको झण्डै २० हजार मतले मलाई थप जिम्मेवार बनाएको छ, र म जनताको समस्या समाधानका लागि निरन्तर प्रयासरत छु।” उनले थपे, “जनमत पार्टीले यस क्षेत्रमा दुई वडा, एक पालिका र प्रदेश सभाको एक सीट जितेकाले केही सहजता भए पनि, बहुमत नहुँदा केही कठिनाइहरू छन्। आगामी निर्वाचनमा बहुमतका साथ जनताराजको अनुभूति दिलाउने गरी हाम्रो अभियान अघि बढेको छ।”

सडक निर्माण सम्पन्न भएपछि अर्जी, त्रिकौल, पिप्राही लगायत आधा दर्जन गाउँका करिब १० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यस सडकले हुलाकी राजमार्गसँग जोडिँदै स्थानीय आवागमन र आर्थिक क्रियाकलापमा नयाँ उत्साह भर्ने विश्वास गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको उत्साहपूर्ण उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको