कञ्चनरुपमा दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता जनमत पार्टी प्रवेश


२१ कात्तिक, सप्तरी, कञ्चनरुप – चन्दन रजक। कञ्चनरुप नगरपालिका–२ इस्लाम टोल बरमझियामा आयोजित विशेष कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले नवप्रवेशीहरूलाई टिका र माला लगाई पार्टीमा स्वागत गरेका थिए। उनले जनमत पार्टी जनताको आकांक्षा र स्वराजको बाटो भएको उल्लेख गर्दै सबैलाई नयाँ राजनीतिक संस्कार र जनसेवाको यात्रामा सहभागी हुन आह्वान गरे।

कार्यक्रमको अध्यक्षता इन्द्रदेव कौडगियाले गरेका थिए। विशेष अतिथिका रूपमा पूर्व मन्त्री सकिल अलि मिया सहभागी थिए भने शिवनन्दन मेहता, जगत प्रसाद शाहलगायत स्थानीय नेताहरूको पनि उपस्थिति रहेको थियो।

जेन्जी मतदाता नामावली संकलन तथा पार्टी प्रवेश अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा गुलाब शेख, सरातल शेख, अब्दुल शेख, युवराज शेख, बशिर शेख, रियाज शेख, अनिश शेख लगायतका स्थानीय नेता र कार्यकर्ताहरूले जनमत पार्टीमा प्रवेश गरेका हुन्।

कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले जनमत पार्टीमा भइरहेको तीव्र जनसंगठन विस्तारले मधेशको स्वाभिमान, पहिचान र स्वराजको आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको