बर्दिबासमा दुई छुट्टा–छुट्टै स्थानबाट जुवातास खेल्दै आएका १९ जना पक्राउ


महोत्तरी। महोत्तरीको बर्दिबासमा प्रहरीले छुट्टा-छुट्टै स्थानमा छापा मारेर १९ जना व्यक्तिलाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

मिति २०८२/०७/१३ गते बिहान करिब १० बजे प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बर्दिबास नगरपालिका-७, किसाननगर टोलमा कर्णबहादुर तामाङको घरको सटर भएको कोठामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट नगद रु. २,३६,५७५, प्रयोग गरिएको तास पत्ता ५२ थान, सिलबन्दी बन्डल १ थान र खुला तास डब्बामा रहेको तास पत्ता ५२ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै मिति २०८२/०७/१४ गते राति करिब १२:३० बजे जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिर नजिकै जुवातास खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ। उक्त स्थानबाट प्रहरीले नगद रु. १,३२,०००, कौरा २६ थान, काठको बाकस ३ थान, साथै विभिन्न ब्राण्डका १३ थान मोबाइल फोन समेत बरामद गरेको छ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको