आचारसंहिताले लम्बायो भुमिहीन सुकुम्बासीको जग्गा पाउने सपना


तुलसी रमण काफ्ले/बर्दिबास, मंसिर २० गते। बर्दिबास नगरपालिका वडा नम्बर ४ मा ३७ घरधुरी सुकुम्बासीलाइ बसोबासको लागि करिब १ बिग्गा जग्गा वितरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ। भुमि आयोगको मापदण्ड भित्र परेका करिब ३७ घरधुरीलाइ बर्दिबास नगरपालिकाले पहिलो चरणमा बसोबासको लागि जग्गा नापजाँच गरी वितरण गर्न लागेको हो । तर आसन्न प्रतिनिधीसभाको निर्वाचनको कारण लागेको भाद्र ३१ गते देखिको आचारसंहिता अझै हटेको छैन। निर्वाचन आयोगले सुचना जारी गरी आचारसंहिता हटेको जानकरी दिने कानुनी व्यवस्था छ ।

त्यसैगरी नगरपालिकाले बर्दिबासका १४ वटै वडाबाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा रहेकाहरुको लगत संकलन गरि भुमि आयोगमा पठाएको जानकारी बर्दिबास नगरपालिकाका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित सेवा केन्द्रका लगत प्रविस्टकर्ता पवन कार्कीले जानकारी दिनुभयो । उहाँले पठाइएका निवेदनहरु उपर नापी कार्यालय तथा मालपोत कार्यालयले छानबिन गरि वास्तविक भुमिहिनको पहिचान गरी नगरपालिकालाइ उपलब्ध गराउने र त्यसै अनुरुप जग्गा वितरण हुने प्रकृया रहेको जानकारी दिनुभयो ।

बर्दिबासका सबै वडामा नापीको काम समेत भैसकेको अवस्था छ।

लामो समयदेखि राजनीतिक अस्थिरताको कारण भुमि आयोगमा नेतृत्व फेरबदलका कारण भुमिहिनहरुलाइ जग्गा वितरण गर्ने प्रकृया सुस्त गतीमा छ । जग्गा वितरणको जस लिने राजनीतिक होडबाजीले गर्दा समेत भुमिहिनहरुले जग्गा पाउन ढिलाइ भैरहेको जानकारहरु बताउछन् । भुमि आयोगले निर्दिष्ट गरेको प्रकृया र मापदण्डमा आधारित रहेर काम गर्नुपर्ने बाध्यताको कारण केन्द्रको अस्थीर राजनीतिले थप अन्यौलता थपेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार