
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ३ स्थीत श्री रास्ट्रीय माध्यमिक विद्यालयमा विगत २ वर्ष देखि कक्षा १० सम्म अध्यापन हुन्छ। तर हाल यस विद्यालयमा पठाउने शिक्षकको संख्या भने जम्मा ५ जना रहेका छन । २०७८ सालमा विद्यालयको निजी श्रोतबाट सन्चालन गर्ने गरी उक्त विद्यालयलाई स्तरोन्नति गरी १० कक्षा सम्मको अनुमति प्रदान गरिएको थियो ।
आइतबार कक्षा ९ र १० का विद्यार्थीहरु थप शिक्षकको माग राख्दै विद्यालयको अगाडी सडकमा टायर बालेर नाराजुलुस सहित विरोध प्रदर्शनमा उत्रीए पछि गौशालाका मेयरले आन्दोलनमा उत्रीने विद्यार्थी माथि अनुशासनको कारबाही भन्दै सात दिनको लागि निष्कासन गर्न प्रधानाध्यापक शुभकरण यादवलाई निर्देशन दिनुभएको थियो।
सोमबार विद्यालयमा बसेको मेयर महतो,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपेन्द्र यादव तथा विद्यालयका प्रधानाध्यापक सहितको टोलिले विद्यार्थीहरुको मागलाई तत्काल सम्बोधन गर्ने गरी शिक्षकहरु थप्न तथा सबै आन्दोलनमा उत्रीएका विद्यार्थीहरु समेतलाई सहभागी गराइ पठन पाठन सुचारु गरिएको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले जानकारी दिनु भयो ।
२०७८ सालमा गौशाला वडा नम्बर ३ का तत्कालिन तथा वर्तमान वडा अध्यक्ष समेत रहेका विरेन्द्र चौधरीले विद्यालयको निजी श्रोतबाट सन्चालन हुने गरि कक्षा १० सम्मको स्वीकृती लिनु भएको थियो । वडाको बजेटबाट तलब भत्ता बुझ्ने गरी ३ जना शिक्षकहरु नियुक्ती समेत गरिएको थियो । तर २०७९ श्रावणबाट वडाले नियुक्त गरेका शिक्षकहरुलाइ हटाइ नगरपालिकाले नयाँ पदपुर्ती गर्ने निर्णय गरेपछि विद्यालयमा शिक्षकहरुको चरम अभाव भएको हो । यस बिचमा ३ जना स्थायी शिक्षकहरुले अवकाश पाउदा विद्यालयमा जम्मा शिक्षकको संख्या ५ पुगेको हो ।
हाल विद्यालयमा मावि १ तथा ४ जना प्रावि शिक्षकले अध्यापन गरिरहेका छन भने १ जना बालविकास शिक्षिका हुनुहुन्छ । शिक्षकको अभावमा पठन पाठन सन्चालन गर्न एकदमै असहज भएको प्रधानाध्यापक यादव बताउनु हुन्छ ।
५ महिना देखि शिक्षक नियुक्ति गर्न नसकेर नगरपालिकाले विद्यार्थीहरुको भविस्य माथि खेलवाड गरेको ३ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र चौधरीले बताउनु भयो । उहाँले शिक्षकहरुलाइ निकाल्नु पुर्व नगरपालिकाले पर्याप्त तयारी नगरेको आरोप लगाउनु भयो ।
यता गौशाला नगरपालिकाका शिक्षा खेलकुद तथा युवा विभागका शिक्षा अधिकृत सन्जय सिंहले प्रकृया अनुसार काम अगाडी बढेको बताउनु हुन्छ। दशै तिहार तथा आसन्न निर्वाचनमा लाग्ने आचारसंहिताको कारण केहि विलम्ब भएको सिंहको भनाइ छ। सिंहले यसै हप्ता आवश्यक शिक्षकहरु विद्यालयमा नियुक्त गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “विद्यार्थीहरुको पढाईमा नगरपालिका चिन्तित छ मेयर साबको निर्देशन छ थप क्लास लिएर भए पनि अध्यापन अगाडी बढाइने छ। ”
नगरपालिकाले शिक्षकको पदपुर्तीको लागि ५७ जनाको विज्ञापन खोलेको थियो जसमा ४६ जनाको मात्र पदपुर्ती भएको छ।