महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार थापाले गरे चुनावी खर्च सार्वजानिक


१९ मंसिर ,बर्दिवास । यही मंसीरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारले आयोगलाई खर्च विवरण बुझाएका छन । देशका विभिन्न स्थानमा उम्मेदवारी दिएका उम्मेलवारले खर्च विवरण सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझईएको हो ।
त्यसैगरी महोत्तरी क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार पोषण बहादुर थापाले आफै आयोगलाई सम्पूर्ण खर्च विवरण बुझाएका हुन । उनी स्वतन्त्र उम्मेदवार थिए । उनको चुनाव चिन्ह कल छाप रहेको थियो । थापाका अनुसार मैले चुनावको बेलामा खर्चहरुलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७२ तथा आयोगद्धारा स्वीकृती निवार्चन आचार संहिता बमोजिम सम्पूर्ण खर्च जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा बुझई आज सम्पूर्ण खर्च सर्वजानिक गरेको बताए । उनका अनुसार सवारी साधन,सवारी ईन्धन,प्रचार प्रसार सामाग्री,ढुवानी,गोष्ठी, अन्य प्रचार प्रसार,छापा एवं विधुतीय माध्यम, कार्यालय संचालन, प्रतिनिधि परिचालन, विविध , गरी विल भरपाई सहित निर्वाचन कार्यालय मार्फत सम्पूर्ण खर्च गरी जम्मा १२ लाख ८० हजार रुपैया सर्वजानिक गरिएका हुन ।

     महोत्तरी क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार पोषण बहादुर थापा सर्वजानिक गरेका खर्चका विवरण 

                               महोत्तरी क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार पोषण बहादुर थापा सर्वजानिक गरेका खर्चका विवरण 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको