१९ मंसिर,बर्दिवास । गत मंसीरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारले आयोगलाई खर्च विवरण बुझाएका छन । आयोगका अनुसार प्रतिनिधि सभाका दुई हजार ३७३ जना र प्रदेश सभाका पाँच हजार ५६१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन्।
उनीहरूलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गर्न पनि आयोगले निर्देशन दिएको छ। खर्च विवरण सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई दिन पनि भनिएको छ।
त्यसैगरी महोत्तरी क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार पोषण बहादुर थापाले आफै आयोगलाई सम्पूर्ण खर्च विवरण बुझाएका हुन । उनी स्वतन्त्र उम्मेदवार थिए । उनको चुनाव चिन्ह कल छाप थियो । थापाका अनुसार मैलै प्रतिनिधि सभा सदस्या निर्वाचन एन २०६४ को दफा ७२ तथा आयोगद्धारा स्वीकृती निवार्चन आचार संहिता बमोजिम सम्पूर्ण खर्च सर्वजानिक गरेको बताए ।
उनले सर्वजानिक गरेका खर्चका विवरण यस प्रकार रहेका छन ।

त्यस्तै, अहिलेसम्म खर्च विवरण नबुझाएका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई पनि सात दिनको म्याद दिइएको छ ।









