मित्रवत प्रतिस्पर्धा गर !


यो वर्ष चुनावी वर्ष बनेको छ। वर्षको शुरूवाती महिना बैसाखमा स्थानिय चुनाव भयो भने भर्खर मात्र प्रतिनिधि सभा र प्रदेशसभाका निर्वाचन सम्पन्न भएका छन । यसै सेरोफेरोमा बर्दिबासलाइ फेरि उद्योग वाणिज्य संघको चुनावले छोएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका विजेताहरुको विजयोत्सव चलिरहेको समयमा बर्दिबासका व्यापारीवर्ग भने बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको छ।

१० वर्ष पछि हुन लागेको बर्दिबास उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि आगामि पुस ५ गते निर्वाचन हुने कार्यक्रम रहेको छ। व्यापारीक हक सुरक्षाको लागि गठन भएको व्यापार संघमा नयाँ नेतृत्वका लागि उम्मेदवारहरु प्यानल सहित निर्वाचनमा जाने तयारीमा छन । त्यसकोलागि दौडधुप तथा धेरै आकान्क्षीहरु मध्येबाट सहमती गर्दै सबैलाई समेटन चुनौतीपूर्ण देखिएको छ।

लोकतन्त्रमा आफ्नो नेता चुन्न पाउने मताधिकार सबैलाई छ। तर विगतको राजनीतिक निर्वाचनलाई हेर्दा यसले कयौ विषादहरुलाइ समेत जन्म दिएको छ। निर्वाचनमा हारजीत सामान्य गणित हो । तर उम्मेदवारहरुले यसलाई प्रतिस्ठाको विषय बनाउदा यो पेचिलो बन्दै गएको छ। समय कस्तो सम्म भएको छ भने आफ्नो विरुद्धको उम्मेदवारलाइ शत्रु समान चरितार्थ गरिदैछ जुन सभ्य समाजको लागि शोभनिय होइन । सबै उम्मेदवारहरुले यो तथ्यलाई मनन गर्दै मित्रवत प्रतिस्पर्धामा जाने हो भने चुनाव महोत्सव बन्नेछ । यस तर्फ सबैले ध्यान दिनु जरुरी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको