जनताको सरकार बन्नुपर्छ।


आसन्न प्रतिनिधिसभा तथा सबै सात प्रदेशसभाको निर्वाचनको मत परिणाम लगभग आइसकेको छ। यस पटक निर्वाचनबाट कुनै पनि गठबन्धनलाइ स्पष्ट बहुमत प्राप्त हुनेमा निश्चिन्तता देखिएको छैन । सत्तारूढ गठबन्धनलाइ जनमत पार्टीको साथले बहुमतको गणितमा सहज देखिए पनि सत्ता गठबन्धन भित्र पनि प्रधानमन्त्रीको आकान्क्षामा धेरै अनुहार देखिएको छ। जसले गर्दा आम जनतामा सत्ताको लागी अप्राकृतिक लेनदेनको जरोले थप मलजल पाउने आशन्का छ ।
निर्वाचन अघिको परिवेशलाई मध्यनजर गर्दा गठबन्धनका नेताहरु आपसमा मिलेर आलोपालो प्रधानमन्त्रीको जुन सहमती थियो त्यसलाई जनताले अनुमोदन नगरेको जनादेशबाट स्पष्ट देखिएको छ। जनताको स्पष्ट जनादेशका बाबजुद त्यस दिशा तर्फ नेताहरु गए आगामी दिनमा गठबन्धनमा रहेका दलहरुको भविस्य नै अन्यौलमा रहने निश्चिन्त छ। सत्ताको लागि देशलाई अस्थीर बनाउने शिर्ष नेतृत्वलाई खबरदारी गर्नु पार्टीबाट निर्वाचित सान्सदहरुको पनि उत्तिकै जिम्मेवारी छ। शिर्ष नेतृत्वले गर्ने गल्तीले सिङ्गो पार्टीलाई कसरी क्षति पुर्याउदो रैछ भन्ने कुरा यसपटक सबै दलका नेता कार्यकर्ताले देखेका र भोगेका छन ।
सबै राजनीतिक दलको उदेश्य मुलुकको हित र विकास नै हो । मैले नै गर्नु पर्छ वा म बाहेक कसैले गर्न सक्दैन भन्ने भ्रम बाट सबै मुक्त हुन जरुरी छ। यसको लागि निर्वाचितहरुबाट पहिला स्वतन्त्रता पुर्वक सबै दलको सन्सदीय दलको नेता छानिनु पर्छ र त्यही अनुरुप एक अर्कालाई खबरदारी सहितको सहयोग गर्दै स्थीर जनताको सरकार बनाउने तर्फ अग्रसर भएमा समग्र लोकतन्त्रको जीत हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको