
संविधान निर्माण पछि मुलुकले दोश्रो कार्यकालको लागि नयाँ जनादेश पाएको छ। यसपटकको जनादेश परम्परागत भन्दा केहि फरकपनको अनुभुती दिने गरी जनताले आफ्नो मत जाहेर गरेका छन । राजनीतिमा युवाहरुको नेतृत्वदायी भुमिकालाइ यस पटकको जनादेशले केहि हदसम्म टेवा दिएको महसुस भएको छ। विगत देखिको परम्परागत शक्ति हरु मिलेर गठबन्धन गर्दा समेत नयाँ सोचलाई यस पटक हेर्ने चाहेको प्रष्ट देखियो ।
चुनावमा हारजीत सामान्य कुरा हो । हुन त जनताको एक मत पनि पराजित हुदैन तर प्राविधिक पाटोबाट एक जना उम्मेदवार विजयी हुने लोकतान्त्रिक संस्कार अङ्गालेको परिवेशमा जनादेशलाइ शिरोधार्य गर्नुको विकल्प छैन । आफुभित्रको तिब्र आकान्क्षा पुर्ती नहुदाको अवसाद छताछुल्ल पोखिनु लोकतान्त्रिक राजनितिक संस्कार होइन। यस तर्फ उम्मेदवारहरुले उचित ध्यान पुर्याउनु जरुरी छ।
आफ्नो कार्यकालबाट आएको विकास,सेवा, योजना आदिको पनि जनादेश कै मर्म अनुरुप उत्तरदायीत्व हस्तान्तरणको अभ्यास गरे त्यो लोकतान्त्रिक संस्कारको गहना हुने थिए । यस तर्फ नयाँ पुस्ताका राजनीतिकर्मीहरुले अग्रसरता लिनु पर्दछ। किनभने लोकतन्त्रमा जनताको कहिल्यै हार हुँदैन। यहि लोकतन्त्र र चुनावको सबैभन्दा आकर्षक गहना हुन ।