महोत्तरी -बर्दिबास जलेश्वर निर्माणधिन सडकको चौतर्फी आलोचना हुन थालेपछि सरोकारवाला निकायले चासो देखाएका छन् ।

नगर भित्र विभिन्न ठाउँमा भइरहेको काम पनि अलपत्र परेपछि निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि बर्दिबास नगरपालिकाले ठेकेदार कम्पनीहरुलाई बोलाउदै काम अघि बढाउन र छिटै काम सप्पन्न गर्न सुझाव दिनुभएको हो ।
बर्दिबास नगरपालिकाको सहजिकरणमा आइतबार ठेकेदार कम्पनी सङ्गको भेटघाट कार्यक्रममा यस्तो सुझाव दिनुभएको नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले जानकारी दिनुभएको हो ।
राष्ट्रिय गौरवको आयोजनामा परेको काठमाडौंको दिवा निर्माण कन्स्ट्रक्सनले लिएको बर्दिबास-जलेश्वर सडक निर्माण कार्यमा दिला भएपछि सोमबारदेखि पुन काम सुचारु हुने नगर प्रमुख क्षेत्रीले जानकारी गराउनु भएको हो ।
बर्दिबास नगरपालिका प्रहलाद कुमार क्षेत्रीले मुलुक/नगरको सौन्दर्यकरणका लागि निर्माण व्यवसायीको पनि भुमिका रहने भएकोले भुमिका खेल्न आग्रह गरे । उनले फुलमाला लगाएर पठाउन सक्ने गरी गुणस्तरीय काम छिटो सम्पन्न गर्न आग्रह गरे ।
सोही निर्णय अनुसार आइतबार नगरपालिकामा सडक निर्माणका लागि बसेको बैठकमा ठेकेदार कम्पनीका प्रतिनिधिले सोमबार देखि निर्माण कार्य सुरु गर्ने प्रतिवद्घता जनाए ।









