महोत्तरीको क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।
बिहान १ बजे तोकिएको समयमा बिबाद भए पछि पुनः बैठक बसेर साझ ७ बजे देखि मतगणना सुरुभएको हो । साझ सहमतिमा सर्बदलिय पक्षले बैठकमा प्रतिनिधि सभा प्रत्येक, समानुपातिक र प्रदेश सभा प्रत्येक्ष , समानुपातिकको एकै चोटि मतगणना सुरु हुने माग गरिएपछि मतगणना सुरु भएको मतदान अधिकृत गुनराज श्रेष्ठले बताएका हुन ।
उनका अनुसार महोत्तरी क्षेत्र नम्बर १ को (ख )को मतगणना सुरु भएको जनाएको छ । दिउँसो हुने मतगणना को बिवादमा क्रस मतलाई सदर नगर्ने भनिपछि आएको विवादमा साझ मतगणना पुनः सहमतिमै क्रस मतलाई मान्यता दिने अधिकृत श्रेष्ठले बताए ।











